एमालेको अवरोधकाबीच संसद बैठक आजपनि बस्दै

एमालेको अवरोधकाबीच संसद बैठक आजपनि बस्दै

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ २४ मंसिर ।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कार्यसुचीमा प्रवेश गर्न नसकेको व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक अपरान्न ३ बजेपछि नयाँबानेश्वरस्थित संसद भवनमा बोलाइएको छ ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग राख्दै लगातार सदन अवरोध गर्दै आएको एमालेले आजपनि बैठक अवरोध गर्ने तयारी गरेको छ । एमालेको अवरोधका कारण बैठक चल्न नसक्दा संसदका काम कारबाही प्रभावित हुदै आएको छ ।

दलहरुले संवाद मार्फत संविधान संशोधन दर्तापछि उत्पन्न राजनितिक गतिरोध अन्त्यको पहल गर्ने प्रतिवद्धता जनाएपनि एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने तयारी गरेको हो ।

गत मंसिर १४ गते संसद सचिवालयमा सरकारले दर्ता गरेको संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग राख्दै एमालेले अवरोध गरेपछि पछिल्ला ४ वटा संसद बैठक कार्यसुचीमा प्रवेश गर्न सकेको छैन ।

सांसद अमृत कुमार बोहोराले संविधान संशोधन प्रस्तावलाई प्रतिष्ठाको विषय नबनाउन सरकारलाई आग्रह गर्दै प्रस्ताव फिर्ता गर्ने भए आजको संसद बैठक अवरोध नगर्ने बताउनु भयो ।

गतिरोध अन्य गर्न भन्दै सभामुख ओनसरी घर्तीले हिजो बोलाउनु भएको बैठकमा दलहरु आ आफ्नै अडानमा देखिएपछि सहमति जुट्न सकेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ