मोर्चाको धम्कीपछि विगन्जमा हुने भनिएको एमाले भेला स्थगित

मोर्चाको धम्कीपछि विगन्जमा हुने भनिएको एमाले भेला स्थगित

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौ २४ मंसिर ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आजदेखि विरगन्जमा हुने भनिएको दुईदिने भेला स्थगित भएको छ । मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि भेला स्थगित भएको जनाएको छ ।

एमालेको मुखपत्र नवयुगको वार्षिकोत्सवका अवसरमा केन्द्रीय नेताको उपस्थितिमा वीरगन्जको नगर सभागृहमा दुई दिने कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा महासचिव इस्वर पोखरेल, सचिव योगेश भट्टराई लगायतका केन्द्रीय नेता सहभागी हुने तयारी भएको थियो ।

राष्ट्रिय राजनीतिक परिस्थिति जटिल भएकाले वीरगन्जको कार्यक्रम स्थगित भएको एमाले प्रचार विभागका सदस्य अरविन्द सिंहले जानकारी दिनुभयो ।

यद्यपी मधेसी मोर्चाको धम्कीका कारण कार्यक्रम स्थगित भएको स्रोतले दाबी गरको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ