काठमाडौ २४ मंसिर ।
मोफसलका अग्रज पत्रकार मदन ढकालको निधन भएको छ । झापामा क्रियाशील पत्रकार ढकालको ६७ वर्षको उमेरमा गएराति निधन भएको हो ।
लामो समयदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित उहाँको उपचारका क्रममा झापाको विर्तामोडमा निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
चार दशकदेखि पत्रकारितामा सक्रिय ढकाल झापाबाट सञ्चालन हुने पत्रिका पुर्वाञ्चल दैनिकका प्रधानसम्पादक हुनुहुन्थ्यो ।
नेपाल पत्रकार महासंघको पूर्व केन्द्रिय सदस्य रहनु भएका ढकालले भारतमा रहेर पनि पत्रकारिता गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline