एन्फामा चरम लापरबाहि, थ्री स्टार एएफसी कप खेल्नबाटै वञ्चित

एन्फामा चरम लापरबाहि, थ्री स्टार एएफसी कप खेल्नबाटै वञ्चित

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमान्डौ मंसिर २४ ।
अखिल नेपाल फुटबल संघ एन्फामा भएको चरम लापरबाहिका कारण नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्र्री स्टार क्लब एएफसी कपको प्ले अफ खेल्ने अधिकारबाट वञ्चित भएको छ ।

गत भदौमा मंगोलियाम भएको एएफसी कप प्ले अफ छनोट अन्तर्गत समूह बी को त्याम्पियन बन्दै थ्री स्टार अघिल्लो चरणका लागि छनोट भएको थियो । समूहमा २ खेलबाट ४ अंक जोड्दै शीर्ष टोलीका रुपमा थ्री स्टार चयन भएको थियो ।

सो प्रतियोगितामा सहभागि मंगोलियाको इर्तिम एफसी ३ अंकले दोस्रो तथा कम्बोडियाको नागावल्र्ड क्लब १ अंकले पुछारमा सीमित भएको थियो ।

समूहको शीर्ष टोली स्वतः प्लेअफका लागि छनोट हुने प्रावधान भए तापनि एन्फाको लापरबाहिका कारण थ्री स्टारको ठाउँमा उपविजेता इर्चिमले प्ले अफ खेल्ने मौका पाएको छ ।

एन्फाले समयमा एएफसी मा टिम दर्ता नगर्दा थ्री स्टार छनोट चरण पार गरे पनि पहिलो एएफसी कप खेल्नबाट वञ्चित भएको छ । एएफसी कपको प्लेअफका लागि अर्काे मंगलबार एएफसी मुख्यालयमा ड्र हुदै छ ।

एएफसीले आफ्नो आधिकारी वेबसाइट मार्फत सार्वजनिक गरेको देश र टिमको नामावलीमा नेपाल र छनोट चरण पार गरेको थ्री स्टारको नाम छैन् । एएफसीले बारम्बार एन्फालाई टिम दर्ता गर्नका लागि ताकेता गरे तापनि एन्फाले टिम दर्ता नगराउँदा थ्री स्टार क्लबको ठाउँमा इर्चिमलाई समावेश गरेको बताएको छ ।

एएफसीले प्रतियोगिताका लागि टिम दर्ता गर्न एन्फालाई बारम्बार स्मरण गराएको थियो । तर तीन पटकको लिखित पत्राचारको जवाफ नदिएपछि एएफसीले डिसेम्बर ६ मा थ्री स्टार क्लबलाई प्रतियोगिता सामेल गर्न नसकिने भन्दै एन्फालाई जानकारी पठाएको थियो ।  प्रतियोगिताको दोस्रो चरण जनवरी २४ देखि फेब्रुअरी ७ सम्म हुने छ । अन्तिम चरण भने फेब्रुअरी २० देखि हुने छ । जसको खेल स्थलबारे अझै निर्णय भइसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ