सुक्रवारबाट साँफेवगरमा पुरुष भलिवल सुरु

सुक्रवारबाट साँफेवगरमा पुरुष भलिवल सुरु

  • बिहिबार, मंसिर २३, २०७३
  • एकेन्द्र महता

  • 4.9K
    SHARES

मंसिर २३ मंगलसेन । अछामको साँफेवगरमा सुक्रवार देखी सुरु हुने क्षेत्रिय पुरुष भलिवल छनौट खेलको सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समिति अछामले जनाएको छ ।
आगमी पौस ८ गते देखी पुर्वाञ्चलमा हुने सातौँ राष्टिय खेलकुद प्रतियोगिताका लागी सुदुरपश्चिम क्षेत्रिय स्तरको पुरुष भलिवल छनौट प्रतियोगिताका लागी ९ ओटै जिल्लाका खेलाडीहरु र खेल पदाधिकारीहरु अछाम पुगिसकेका जिल्ला खेलकुद विकास समिति अछामका कार्यलय प्रमुख हर्क साँउदले जानकारी दिनु भएको छ । मंसिर २४ गते दिउसो १२ वजे वाट साँफेवगर एरपोर्टमा संचालन हुने प्रतियोगिताको उद्घाटन राष्टिय खेलकुद परिषदका सदस्य एकिन्द्र कुँवरले गर्नु हुने वताईएको छ ।
खेल संचालन गर्न राष्टिय कोच सहदेव विष्ट, राष्टिय रेफ्रि धन सिंह रावल, राज वहादुर खड्का, भागिराम वखरिया, हरिसिंह रावल लगायत १० जनाको टोली अछाम आईपुगेको क्षेत्रिय खेलकुद विकास समितिका कोषाध्यक्ष हिरण्ड भट्राईले जानकारी दिनु भयो । प्रतियोगितालाई शान्तिपुर्ण ढंगवाट सम्पन्न गर्न आ आफ्नो क्षेत्रवाट सहयोग गरिदिन जिल्ला खेलकुद विकास समिति अछामले सवैमा अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी