कास्की , मंसिर २३ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले स्रबिधान संसोधन प्रस्तावका कारण वर्तमान सरकार संकटमा परेको बताउनु भएको छ ।
कांग्रेस कास्कीले आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाले संशोधन प्रस्तावको विषयले समस्या परेको बताउनु भयो ।
मधेसी मोर्चाका लागी भनेर ल्याईएको संसोधन विधेयक उसैले अस्वीकार गर्नु तथा सत्तारुढ दलकै कार्यकर्ता पनि असन्तुष्ट भएका कारण सरकारलाई अप्ठ्यारो परेको उहाको भनाई छ ।
प्रदेश नं ५ मा देखिएको समस्यालाई सुधार हुनेसम्म सुधार गरी लैजानुपर्नेमा जोड दिदै मन्त्री शाहीले कांग्रेसले समयसापेक्ष नेपाली जनताको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपन बताउनु भयो ।
पोखरा विमानस्थलको निर्माण प्रक्रिया केही प्राविधिक कारणबाट ढिलो भए पनि काम अघि बढ्ने उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline