सडकलाइ होइन संसदलाइ उपयोग गर : रिजाल

सडकलाइ होइन संसदलाइ उपयोग गर : रिजाल

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

भक्तपुर, २३ मंसिर ।

नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले वर्तमान समयमा सडक आन्दोलन जुलुस हड्ताल भन्दा पनि संसदमा आएर संशोधनका बिषयमा छलफल अगाडि बढाए मात्र समाधानको उपाय निक्लने बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले एमालेले संबिधान संशोधनको पक्षमा नरहेता पनि संसदको पक्रियालई अवरुद्ध नगरि संशोधनको छलफलमा गए मात्र संबिधान कार्यान्वयनको पाटोले तिब्रता पाउने भन्दै सहकार्य र सम्भाmैता नै संबिधान कार्यान्वयनको सफल पक्ष रहेको बताउनु भयो ।

संबिधान संशोधनको प्रक्रियाले पूर्णता पाउन नसके तोकिएको मितिमा निर्वाचन असम्भव रहेको रिजालको टिप्पणी छ । मधेशी नेताले बोले बिदेशीले बोलेको भन्ने भ्रमलाई त्याग्दै मधेशका नागरिकको जायज मागलाइ सम्बोधन गर्नु पर्ने र संसदमा छलफल गर्दै गए अझ राम्रा संशोधन आउने र त्यसले नेपाललाई समृद्धि तर्फ लाँदै संबिधान कार्यान्वयनको पाटो मजबुद हुने उहाँले बताउनु भयो ।

उहाँले नेकपा एमालैकै कारण प्राधिकरणको कर्मचारी नियुक्तमा ढिलाई भएको भुकम्प पिडितले तत्कालै राहत पाउनु नसकेको र वर्तमानमा समेत सोच अनुसार सरकारले काम गर्न नसक्नु लाचारी रहेको स्विकार गर्नु भयो ।

काँग्रेस र माओवादी बीच सरकार समिकरणका बिषयमा पहिलनै सम्झौता भईसकेकाले आवश्यकता अनुसार समिकरण परिवर्तन हुने भएता पनि तत्कालै सरकारको समिकरणमा कुनै परिवर्तन देखा नपर्ने उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ