उपराष्टपति पुनद्धारा रामग्राम स्तुपको अवलोकन

उपराष्टपति पुनद्धारा रामग्राम स्तुपको अवलोकन

  • बिहिबार, मंसिर २३, २०७३
  • रबिन्द्र यादव

  • 5K
    SHARES

नवलपरसी, मंसिर २३ ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको अस्तुधातु राखी बनाईएको रामाग्रामा स्तुपको अवलोकन भ्रमण गरेका छन् ।

उनले आज विहान रामाग्रामा-७ उजैनी स्तुप पुगेर अवलोकन गर्नुका साथै शान्तिको कामना गर्दै दिप प्रज्वलन गरे ।सो क्रममा दिगो पर्यटन प्रवर्धन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसारको निम्ति स्वतन्त्र निकाय रामग्रामविकास कोष गठनको लागि पहल गरिदिन आग्रह गरे ।

अवलोकन भ्रमणपछि उपराष्ट्रपतिले बुद्धका आठ अस्तुधातुमध्ये नेपालमा एकमात्रै अस्तुधातु रहेको रामग्राम स्तुपको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गर्नुपर्ने बताए । उनले रामग्राम स्तुप विश्वभरका बुद्ध धर्मलावम्बीहरुहरुको आस्थाका केन्द्र भएको बताउँदै वर्षमा हजारौँ पर्यटक रामग्राम भित्र्याउन सकिने बताए ।

उद्योग वाणिज्य संघ, नवलपरासी, उद्योग वाणिज्य महासंघ, स्थानीय निकाय र संघ संस्थाको संयुक्त आयोजनामा आज (बिहीबार)देखि सुनवलमा सुरु हुन लागेका नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटनका लागि उपराष्ट्रपति बुधबार साँझ नवलपरासी आईपुगेका हुन् । उनले बुधबार साँझजिल्लाका सुरक्षा निकायका प्रमुखहरु र उद्योग व्यवसायीहरुसँग भेटघाट तथा छलफल गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ