काठमान्डौ मंसिर २३ ।
राजनीतिक गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्तीमगरले आज प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै हुनुहुन्छ ।
सभामुख घर्तीले प्रमुख दलका नेताहरुसँग संविधान संशोधन विधेयकको विषयमा उत्पन्न विवादको बारेमा छलफल गर्न लाग्नु भएको हो ।
सभामुख घर्तीे आज दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्ने कार्यक्रम रहेको उनको प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिनु भयो ।
सरकारले ल्याएको संविधान संशोधनपछि उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवाद हीनता, महाअभियोग र आगामी निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने भोली छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ । संशोधन विधेयक संसद सचिवालयमा दर्ता भएपछि राजनीतिक संकट चुलिदै गएको छ भने एमाले सहित केहि दलहरुले संसद बैठक निरन्तर अवरुद्ध गर्दै आएका छन् ।