काठमाडौ ,२२ मंसिर ।
पश्चिम नेपाल भ्रमण रहनु भएका प्रधानमन्त्री पुष्पकलम दाहालले आज दार्चुलाको चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्दै हुनुहुन्छ ।
उहाँले आज विहान १० बजे सो जलविद्युत आयोजनाको अनुगमन गर्नु हुने बताइएको छ । प्रधानमन्त्री दाहालले आजै दिउसो दुइ बजे सुर्खेतमा कर्णाली एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँको नीजि सचिवालयले जनाएको छ ।
उहाँ हिजो पश्चिम नेपालका विभिन्न जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यस तर्फ प्रस्थान गर्नु भएको हो ।
प्रधानमन्त्री दाहाल भ्रमण सकेर आज साँझ काठमाडौ फर्किनु हुने प्रधानमन्त्रीका स्वकीय सचिव मनोहर तिमल्सिनाले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline