काठमाडौ २२ मंसिर ।
पश्चिम नेपालका केहि जिल्लामा संबिधान संसोधन बिधेयकको बिरोधमा सुरु भएको आन्दोलन आज नवौ दिन पनि जारी छ ।
बिधेयक फिर्ताको माग गर्दै बिभिन्न राजनैतिक दलका नेता ,कार्यकर्ता , नागरिक समाज ,उद्योगि ,ब्यावसायी तथा स्थानिय नागरिकहरुले संयुत्त रुपमा आन्दोलन जारी राखेका हुन् ।
सरकारले प्रदेश नं ५ टुक्राउने गरि ल्याएको संविधान संशोधन विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।
गुल्मी र पाल्पामा आज नवौ दिन पनि बन्द जारी हुँदा जनजीवन प्रभावित बन्दै गएको छ । आज पनि बिहानैबाट प्रदेश नम्बर ५ टुक्राउने गरी ल्याईएको संसोधन बिधेयक फिर्ता गर्न माग गर्दै प्रदर्शन भईरहेको छ ।
बन्दका कारण यातायातका साधन सन्चालनमा नआउदा सर्वसाधारणलाई सास्ती भएको छ । बजार पसल खुलेको छैन ।
गुल्मीमा दलहरुको सहमतिमा शिक्षण संस्थाहरु नियमित रुपमा सन्चालनमा आएपनि पाल्पामा भने अझै ठप्प छ ।