सार्कको ३१ औ स्थापना दिवस आज

सार्कको ३१ औ स्थापना दिवस आज

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमान्डौ, मंसिर २३।
आज दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्क ३२ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । सन् १९८५ डिसेम्बरमा सार्कको स्थापना भएको थियो ।

सुरुमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र भुटान गरी सात सदस्य राष्ट्र रहेकोमा सन् २००५ देखि अफगानिस्तान पनि थपिएपछि सार्कको सदस्य संख्या आठ पुगेको छ ।

यस संगठनले दक्षिण एशियाली मुलुकको साझा हित पहिल्याउने र विकास र समृद्धिको दिशामा काम गर्ने उद्देश्य राखेको छ ।

आतंकवादका विषयलाई लिएर सार्कका दुइ प्रभावशाली सदस्इ मुलुक भारत र पाकिस्तानका बिच रहेको कटुतापूर्ण सम्बन्धका कारण सार्कको १९ औ शिखर सम्मेलन प्रभावित भएको छ ।

अहिले सार्कको अध्यक्ष देश नेपाल हो भने सार्क सचिवालय पनि नेपाल मै रहेको छ । काठमान्डौ स्थित सार्क सचिवालयले स्थापना दिवसको अवसरमा आज दिवाभोज समारोह समेत आयोजना गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ