सार्कका सदस्य राष्ट्रबीच बृहत्तर सहयोग अपरिहार्य : प्रधानमन्त्री दाहाल

सार्कका सदस्य राष्ट्रबीच बृहत्तर सहयोग अपरिहार्य : प्रधानमन्त्री दाहाल

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,२३ मंसिर ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य राष्ट्रबीच बृहत्तर सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभएको छ ।

सार्कको स्थापना दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले दक्षिण एसियालाई विकासमा रुपान्तरण गर्न सबै सदस्य मुलुकले आफ्नो प्रयास दोब्बर पार्नुपर्ने बताउनु भयो ।

सार्कको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले यस क्षेत्रका नागरिकको विकासका आकांक्षा पूरा गर्न सार्कले परिणाममुखी काम गर्नुपर्ने सुझाव पनि दिनुभएको छ ।

तीन दशक लामो क्षेत्रीय सहयोगको सार्कको यात्रा दक्षिण एशियामा गरिबी निवारण, शान्ति प्राप्ति, स्थायित्व र समृद्धि भएको उल्लेख गर्दै उहाले तिनलाई हासिल गर्न सार्कले विभिन्न संयन्त्र र निकाय स्थापना गरेर काम गरिरहेको बताउनु भयो ।

सार्कले निर्धारण गरेका लक्ष्य र उद्देश्य प्राप्तिका लागि राजनीतिक प्रतिबद्धता र एकीकृत प्रयास अपरिहार्य रहेको भन्दै उहाले सार्क मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न पुनःप्रतिबद्धता जाहेर गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

गरिबी, आतंकवाद, बेरोजगारी, अन्तर्देशीय अपराध र जलवायु परिवर्तन यस क्षेत्रको साझा चुनौती रहेको बताउनुभएके छ ।
सार्कका आदर्श, सिद्धान्त, मूल्य र मान्यताप्रति नेपालको अटुट प्रतिबद्धता दोर्होयाउँदै प्रधानमन्त्री दाहालले शान्ति र समृद्धिका लागि क्षेत्रीय एकता, पारस्परिक विश्वास, समझदारी, बन्धुत्व, सहयोग र सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ