काठमान्डौ मंसिर २३ ।
तराइ मधेसमा जन्मका आधारमा नागरिकता पाएका आमाबाबुका छोराछोरीले पनि नागरिकतका पाउन नसक्दा सास्ती खेप्नु परेको छ ।
तराइका विभिन्न जिल्लाका ५० हजार भन्दा बढी व्यक्तिले नागरिकता पाउन नसकेको बताइएको छ । गृह मन्त्रालयले भने जन्मसिद्ध नागरिका सन्तानलाई नागरिककता दिन कानुन निर्माण भइरहेको जनाएको छ ।
मन्त्रालयले नयाँ ऐन नआएसम्म नागरिकता वितरण नगर्न सिडियो कार्यालयलाई परिपत्र गरेको छ । नयाँ ऐन बने पछि नागरिकता वितरण सुरु गर्ने मन्त्रालयले जनाएको छ । २०६२÷०६३ सालको जन आन्दोलन पछि गृह मन्त्रालयले टोली बनाएरै ७५ वटै जिल्लामा नागरिकता वितरण गरेको थियो ।
नेपालमा जन्म भएका , जन्म देखि नेपालमा बस्दै आएका र उमेर पुगेका व्इक्तिलाई नागरिकता दिने कार्याविधि बनाई मन्त्रालयले नागरिकता वितरण गरेको थियो । सो अवधिमा मुलुकभरबाट करिब २ लाख ७२ जनाले जन्मसिद्ध नागरिकता पाएका थिए
तर अहिले सोही बेला नागरिकता पाएका बाबुआमाको सन्तानले नागरिकता पाउन नसक्दा सास्ती खेप्नु परेको छ । अहिले एउटै परिवारमा पनि उमेर पुगि सक्दा पनि कसैको नागरिकता छ भने कसैको नागरिकता छैन ।
तराइमा अहिले त्यस्ता व्यक्तिलाई नागरिकता दिन मधेसी मोर्चाले राजनीतिक एजेन्डा नबनाएको भन्दै मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस एमाले सांसद आक्रोश पोखेका छन् । तर मधेसी मो र्चाका नेताहरुले भने जन्मसिद्ध नागरिकता दिन आफूहरुले सरकारलाई दवाव दिइरहेको बताएका छन् । नागरिक दैनिक बाट