पहिलो पटक नेपालमै भयो कलेजो प्रत्यारोपण , अस्पतालले आज पत्रकार सम्मेलन गर्दै

पहिलो पटक नेपालमै भयो कलेजो प्रत्यारोपण , अस्पतालले आज पत्रकार सम्मेलन गर्दै

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, २३ मंसिर।

नेपालमै पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गरे पनि आधिकारिक रुपमा विस्तृत विवरण अस्पतालले आज पत्रकार सम्मेलन गरेर मात्र जानकारी गराउने उहाले बताउनु भयो ।

 ‘हामीलाई मन्त्रालयबाट आधिकारिक रूपमा बोल्न अनुमति छैन,’ उहाले भन्नुभयो  आज पत्रकार सम्मेलन गरेर आधिकारिक रूपमा भन्छौँ ।

दक्षिण कोरियाका १४ सहित नेपाली चिकित्सकको टोलीले एक किशोरमा कलेजो प्रत्यारोपण गरेको हो । बुधबार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म ८ घन्टा लगाएर प्रत्यारोपण गरिएको अस्पताल स्रोतले बतायो ।

करिब ४२ वर्षीया महिलाले बिरामी भाइलाई कलेजो दिएकी हुन् । कोरियाली चिकित्सक डेभिन कोनको नेतृत्वमा भएको कलेजो प्रत्यारोपणमा चार एनएस फिजिसियन, चार सर्जन र ६ नर्स सहभागी थिए । कलेजो रोगका नेपाली विशेषज्ञ चिकित्सक पनि शल्यक्रियामा सहभागी थिए । कलेजो प्रत्यारोपण गर्न नेपालीले विदेश नै जानुपर्ने बाध्यता छ ।

चिकित्सकहरूका अनुसार भारत, जापान, चीनलगायतका मुलुकमा गएर कलेजो प्रत्यारोपण गर्दा नेपालीले लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी