ओखलढुंगामा रक्सी खाएर प्रहरी आपसमै भीडन्त गरे

ओखलढुंगामा रक्सी खाएर प्रहरी आपसमै भीडन्त गरे

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

ओखलढुंगा मंसीर २२ । मापसेमा कार्बाही गर्दै आएको प्रहरीले आफै रक्सी खाएर त्यो पनि जनताकै बीचमा भीडन्त गरे पछि सर्वसाधारण चकित परेका छन् । यो खबर ओखलढुंगाको हो ।  सिद्धिचरण नगरपालिका चार स्थित गोरुमारे भञ्ज्यागंमा रक्सी खान गएका प्रहरी जवान मनोज यादव सहितको टोली र उनीहरुलाई नियन्त्रणमा लिन पुगेको सई पशुपति झाको टोली पुगेको थियो ।

त्यसरी मापसे गरेका प्रहरी जवानलाई समातेर ल्याउन खोज्दा हानाहान शुरु भएको थियो । दुवै टोलीबीच ड्रेस लगाएकै अवस्थामा एक घण्टा सम्म निरन्तर कुटाकुट भएको थियो । तर पछि मापसे जाच गर्दा प्रमाणि नभए पछि उनीहरुलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर कुटिएको बताईएको छ ।

जिल्ला प्रहरी प्रमुख मिलन केसी निजि कामका लागि भन्दै हेलिकोप्टर चढेर काठमाण्डौं आएका बेला जनताका रक्षक प्रहरीबीच यस्तो तमासा देखिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ