रेडबुल फुटसलमा इम्पेरियल फुटसल ८–५ ले विजयी

रेडबुल फुटसलमा इम्पेरियल फुटसल ८–५ ले विजयी

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, मंसिर २२ ।

रेडबुल फुटसल लिगअन्तर्गत् आज भएको समूह ‘ए’को खेलमा इम्पेरियल फुटसल विजयी भएको छ ।

राजधानीको इम्पेरियलको ‘फिल्ड’ कौशलटारमा भएको खेलमा इम्पेरियलले चौर रिक्रियस्नल सेन्टरलाई ८–५ ले पराजित गरेको हो ।

भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन निराजनविक्रम गैरेले ह्याट्रिक गरे ।

जितसँगै १३ खेलबाट १२ अंक जोडेको इम्पेरियल अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ । जम्मा ७ अंक जोडेको चौर पुछारमा छ ।

इम्पेरियल र चौर दुबैको प्रतियोगिताको दोस्रो चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

यो समूहबाट किकअफ, बानेश्वर, ढुकु र ह्वाइटहर्सले दोस्रो चरणमा स्थान सुरक्षित गरिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी