कैलाली ,२२ मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दहालले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पारित गरी चाँडै निर्वाचनको घोषणा हुने बताउनु भएको छ ।
कैलालीको धनगढीमा आजबाट सुरु सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दे आज प्रधामन्त्री दाहालले वर्तमान सरकारको नेतृत्वमा संविधान संशोधन र निर्वाचन दुईवटा महत्वपूर्ण काम सम्पन्न हुने दाबी गर्नुभयो ।
संविधान संशोधन प्रस्ताव फिर्ता नहुने दावी गदै उहाले संसदबाट पास गराएर अघि बढ्ने बताउनु भयो ।
हिमाल, पहाड र तराईलाई एक ठाउँमा मिलाएर देशलाई एकताबद्ध गर्ने प्रयासलाई बिथोल्ने काम भइरहेको भन्दै प्रधानमन्त्री दाहालले विगतमा एमालेले तयार पारेको प्रस्तावलाई नै आफ्नो सरकारले संसदमा दर्ता गरेको बताउनु भयो ।
एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै दाहालले विगतमा आफैले सहमती जनाएको प्रस्ताव संसदमा लैजाँदा आफु राष्ट्रघाती र त्यहि प्रस्ताव एमालेले तयार पार्दा ओली राष्ट्रवादी हुन नसक्ने बताउनु भयो । उहाले दोहोरो मापदण्ड अपनाएर जनतालाई भ्रममा नराख्न पनि आग्रह पनि गर्नुभयो ।
‘संशोधन प्रस्तावमा सबैका भावना समेटेर जान सकिने भन्दै प्रधामन्त्रीले संविधान कार्यान्वयन गरी निर्वाचनमा जानुपर्ने समयमा प्रमुख प्रतिपक्षले अनावश्यक आन्दोलन गरिरहेको धारणा राख्नुभयो ।