पहिले कुर्सीका लागि दरबार धाउने नेताहरु अहिले दिल्ली धाउन थाले : वैद्य

पहिले कुर्सीका लागि दरबार धाउने नेताहरु अहिले दिल्ली धाउन थाले : वैद्य

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

नवलपरासी, मंसिर २२ ।
माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यले दलगत स्वार्थका लागी हतारमा संविधान बनाउने र पटक पटक संशोधन गर्ने खेल भईरहेको बताउनु भएको छ ।

क्रान्तिकार पत्रकार महासंघ नवलपरासीले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यलेसंविधानको मूलसारमा एकमत भएका प्रमुख तीन दल अहिले आफ्नो स्वार्थका लागी भू–भागको विषयलाई लिएर लडिरहेको बताउनु भयो ।

संविधान संशोधन वर्तमान समस्याको समाधान नभएको भन्दै वैद्यले नयाँ संविधान नै विदेशी शक्तिको दवाबमा बनेकोले खारेज गर्न माग गर्नुभयो ।

भारतीय विस्तारवादको कारण नेपालमा अस्थिरता बढेको भन्दै पहिले कुर्चीका लागि दरबार धाउने दलका नेताहरु अहिले दिल्ली धाउन थालेको उहाको आरोप छ ।

उहाले संघीयता माओवादीकै एजेण्डा भए पनि जनताको चाहना नसमेटिँदा आन्दोलन चर्किएको भन्दै जनताको जायज मागका विषयमा आफ्नो दलको सधै समर्थन रहने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ