पौडेलको एमालाई प्रश्न ,आफैले गरेको सहमतीलाई ‘राष्ट्रघाती’ भन्न मिल्छ ?

पौडेलको एमालाई प्रश्न ,आफैले गरेको सहमतीलाई ‘राष्ट्रघाती’ भन्न मिल्छ ?

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाण्डौ ,२२ मंसिर ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सदनमा दर्ता गराएको संबिधान संसोधन प्रस्ताव काग्रेस र एमालेको तत्कालीन साझा दस्तावेज भएकोले एमालेले ‘राष्ट्रघाती’ भन्नु गलत भएको टिप्पणी गर्नुभएको छ ।

दस दिने जापान भ्रमण सकेर आज स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले आफैले सहमती जनाएको प्रस्तावलाई अहिले आएर ‘राष्ट्रघाती’ भन्न नमिल्ने बताउनु भयो ।

नेता पौडेलले राष्ट्रलाई निकास दिने गरी जिम्मेवार हुन एमाले र मधेस केन्द्रित दलहरुलाई आग्रह समेत गर्नुभयो ।

संविधान संशोधन गरेर निर्वाचनमा गएन भने मुलुक संकटमा फस्ने भन्दै त्यसतर्फ मधेसवादी र एमालेलाई सोच्न पनि आग्रह गर्दै उहाले सम्बन्धित क्षेत्रका जनता र पार्टीबीच छलफल गरेरै विवादलाई टुंग्याउनुपर्ने बताउनु भयो ।

सञ्चारकर्मीको जिज्ञासामा उहाले सरकार परिवर्तनको विषयमा छलफल नभएको पनि स्पष्ठ पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ