कालोडल्लप उत्पादन उद्योगमा आगलागी, २० करोडको क्षति

कालोडल्लप उत्पादन उद्योगमा आगलागी, २० करोडको क्षति

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

सुनसरी, मंसिर २२ ।

सुनसरीको दुहवीभलुवा नगरपालिका– ४ मा रहेको कालोडल्लप उत्पादन उद्योगमा आगलागी हुँदा २० करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ठ भएको छ ।

खाना पकाउने एलपी ग्यास चुहावटबाट मंगलबार साँझ लागेको आगोका कारण मनिष अग्रवालको उद्योग जलेर नष्ठ भएको हो । आगो सल्कनासाथ उद्योगमा भएका ग्यास सिलिन्डर पड्किन थालेपछि उद्योगभित्र आगो फैलिएको थियो । आगो फैलिएपछि त्यहाँ कार्यरत मजदुरमा भागदौड मच्चिँदा तीन कामदार घाइते भएका थिए । उद्योगमा करिव दुई हजार मजदुर कार्यरत थिए ।

घाइते मजदुर अमृत श्रेष्ठ दिलीप चौधरी र राजु यादवलाई राति नै उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव पोख्रेलले जानकारी दिनुभयो ।

आगलागीका कारण उद्योगकोे कच्चा पदार्थ उपकरणसमेत जलेर पूरै नोक्सानी भएको सञ्चालक अग्रवालको भनाई छ ।

इटहरी, धरान, विराटनगर, दमक र राजविराजबाट आएका बारुणयन्त्रले राति २ बजे मात्र आगो नियन्त्रण मा लिन सफल भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ