द्वन्द्वबाट सबैभन्दा बढी क्षति कांग्रेसलाई : देउवा

द्वन्द्वबाट सबैभन्दा बढी क्षति कांग्रेसलाई : देउवा

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, मंसिर २२ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व पीडितका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धि आयोगलाई क्रियाशिल बनाईने बताउनु भएको छ ।

आफ्नै निवास बुढानीलकण्ठमा द्वन्द्व पीडित राष्ट्रिय समाजको ज्ञापन पत्र बुझ्दै उहाले द्वन्द्वपीडितका मुद्दा समाधान गर्न नेपाली कांग्रेस लागि परेको बताउनु भयो ।

द्वन्द्वबाट सबैभन्दा बढी क्षति नेपाली कांग्रेसलाई पुगेकोले आफ्नो पार्टी समस्या सामधानमा गम्भिर रहेको उहाको भनाई छ ।

सभापति देउवाले द्वन्द्व पीडितका जायज मागलाई पार्टीले सकारात्मक रुपमा लिएको भन्दै समस्या चाडै सामधान हुने आश्वासन पनि दिनुभयो ।

द्वन्द्वपीडित राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले भने द्वन्द्व पीडितका बिषयमा सरकार र पार्टी मूकदर्शक भएको आरोप लगाउनु भयो ।

आयोग राजनीतिक पार्टीहरुको हस्तक्षेपबाट मुक्त हुन नसकेकै कारण द्वन्द्व पीडितका माग सम्बोधन नभएको भन्दै उहाले यसलाई पार्टीहरुले गम्भिरतापूर्वक नलिए आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ