संबिधान कार्यान्वयनका लागी नेपालकै दल सक्षम छन् : देउवा

संबिधान कार्यान्वयनका लागी नेपालकै दल सक्षम छन् : देउवा

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ ,मंसिर २२ ।

सत्ता साझेदार दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक दलहरुकै समझदारीमा संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालका लागि भारतका राजदूत रन्जित रे सँग बुढानीलकण्ठस्थित निवासमा आज भएको भेटमा उहाले संबिधानमा भएका कमि कमजोरीलाई सबै दलको सहमतीमा परिमार्जन गर्दै कार्यान्वयन गरिने बताउनु भएकोे हो ।

भेटमा राजदुत रेले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, संविधान संशोधन र कार्यान्वयनका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

रेले नेपालको शान्ति प्रक्रियामा भई रहेको प्रगतिबारे पनि सभापति देउवासँग चासो राख्दै असल छिमेकी भएकाले भारतले गर्दै आएको सहयोग जारी रहने भन्दै आफूहरुले समृद्ध नेपाल देख्न चाहेको पनि बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ