आज पनि प्रतिपक्षी दलको अबरोधका कारण संसद बैठक स्थगित

आज पनि प्रतिपक्षी दलको अबरोधका कारण संसद बैठक स्थगित

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ ,२२ मंसिर ।

प्रमुख प्रतिपक्षी एमाले लगायतका साना दलको अबरोधका कारण ब्यावस्थापिका संसदको आजको बैठक पनि स्थगित भएको छ ।

सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नगरेसम्म सदन चल्न नदिने भन्दै विपक्षी एमाले, माले, राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदहरुले उठेर संसद अवरोध गरेपछि पर्सि सम्मका लागि बैठक स्थगित भएको हो ।

बैठक सुरु हुने बित्तिकै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संबिधान संसोधन प्रस्तावको औचीत्य नभएको बताउनु भयो ।

केसीले धारणा राखेलगत्तै प्रतिपक्षी दल एमाले लगायतका दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले पटक पटक कार्यसूची सम्झाउँदै बस्न आग्रह गरेपनि बस्न नमानेपछि उहाँले आगामि मंसिर २४ गते अपरान्ह ३ बजेसम्मका लागी बैठक स्थगित गर्नुभयो ।

केसीले वर्तमान सरकारले भारतीय डिजाईनमा संसोधन प्रस्ताव ल्याएको आरोप लगाउदै यो राष्ट्रिय हित विपरित भएको बताउनु भयो ।

अहिलेको आवस्यकता संबिधान संसोधन नभएपनि सरकारले बाहिरि ईसारा र डिजाईनमा एकलौटि विधेयक सदनमा दर्ता गराएकोले यो कदम नसच्याएसम्म बैठक सुचारु हुन नदिने केसीले बताउनु भयो ।

उहाले भारतको इसारामा तराईलाई सिक्किमीकरण गर्ने गरि प्रस्ताव आएको आरोप लगाउदै त्यस्तो कुनैपनि प्रयास स्वीकार्य नहुने बताउनु भयो ।

प्रतिपक्षी र साना दलले पटक पटक संसद बैठक अबरुद्ध पारेका कारण अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पनि अलपत्र बनेको छ ।

गत मंसिर १४ गते सरकारले ल्याएको संशोधन विधेयक राष्ट्रहित विपरित रहेको भन्दै अहिलेसम्म चारपटक संसद बैठक अवरुद्ध भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ