संयुक्त युवा विद्यार्थीले गरे वालुवाटारमा प्रदर्शन

संयुक्त युवा विद्यार्थीले गरे वालुवाटारमा प्रदर्शन

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, मंसिर २२ ।

संविधान संशोधन प्रस्ताव फिर्ताको माग गदै आज पनि संयुक्त युवा विद्यार्थीले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेका छन् ।

संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजान थालेको भन्दै प्रदर्शनमा उत्रिएका उनीहरुले संशोधन प्रस्ताव फिर्ताको माग गरेका थिए ।

उनीहरुले ‘राष्ट्रघाती षडयन्त्रको भण्डाफोर गरौं’, ‘देश टुक्र्याउन पाइँदैन, संशोधन प्रस्ताव मान्दैनौं’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका भ्रातृ संगठनका कार्यकर्ताका अतिरिक्त संशोधन प्रस्तावको विरोध गर्दै आएका साना दलका कार्यकर्ताको उपस्थिति थियो ।

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै संयुक्त युवा विद्यार्थीले फिर्ताको मागसहित राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ