काठमान्डौ ,मंसिर २२ ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी ओलीको राजनीतिक अपरिपक्कताका कारण संविधान संशोधन विधेयकमा समस्या देखिएको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले अध्यक्ष ओलीले संशोधन प्रस्ताव पारित हुन दिन्न भन्नु राजनैतिक वेइमानी भएको बताउनु भएको हो ।
ओली आफैले हस्ताक्षर गरेर सुरु भएको संविधान संशोधनको प्रस्ताव अहिले आएर राष्ट्रघाती भयो भन्नु राजनैतिक वेइमानी भएको निधिको भनाइ थियो ।
संविधान संशोधनको प्रस्ताव नेपाली कांगेसको आधिकारिक प्रस्ताव भएको र वहुमतले पारित हुने निधिको दाबी छ । साथै उहाँले विभिन्न जिल्लामा अहिले भइरहेको आन्दोलनको कुनै औचित्य नभएको पनि उल्लेख गर्न भयो ।
प्रस्ताव टेवल भइसेकपछि ७२ घण्टाको समय परिमार्जन हाल्नका लागि दिइने भएकोले परिमार्जन चाहनेहरुले संसद मार्फत नै परिमार्जन गर्नसक्ने व्यवस्था रहेको निधिले बताउनु भयो ।