प्रधानमन्त्री दाहाल पश्चिम नेपाल भ्रमणमा

प्रधानमन्त्री दाहाल पश्चिम नेपाल भ्रमणमा

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ २२ मंसिर ।  

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड आज पश्चिम नेपाल भ्रमणका लागि जानु भएको छ । उहाँ पश्चिम नेपालका विभिन्न जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागी हुन बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले आज दाङको सिसहनीया र गोवरडिहा जोड्ने राप्ती नदीमाथि पुलको शिलन्यास गर्ने कार्यक्रम रहेको छ । बिहान साढे १० दाङको सिसहनीयामा हुने शिलान्यास कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नुहुनेछ ।

यस्तै उहाँले कैलालीको धनगढीमा आयोजना हुने सुदूर पश्चिम महोत्सवको दिउँसो दुई बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आजै दोधारा चाँदनी सुख्खा बन्दरगाह स्थलको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । त्यसका लागि उहाँ आज अपरान्न साढे तीन बजे त्यसतर्फ जाने कार्यक्रम रहेको छ ।

यस्तै उहाँ भोली पनि विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । भ्रमण सकेर उहाँ भोली साँझ मात्र काठमाडौ फर्किनु हुने प्रधानमन्त्रीका स्वकीय सचिव मनोहर तिमल्सिनाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ