काठमाडौ २२ मंसिर ।
सरकारले प्रदेश नं ५ टुक्राउने गरि ल्याएको संविधान संशोधन विधेयकको विरोधमा पश्चिम नेपालका केही जिल्लामा आजपनि बनद जारी छ ।
गुल्मीमा आज आठौं दिनपनि बनद जारी हुँदा जनजीवन प्रभावित बनेको छ । बन्दका कारण यातायातका साधन सन्चालनमा आएका छैनन् भने बजार पसल ठप्प रहेका छन् ।
दलहरुको सहमतिमा शिक्षण संस्थाहरु भने सन्चालनमा आएको जनाइएको छ । प्रदेश टुक्राउने गरी लयाएको विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने माओवादी केन्द्रका गुल्मी संयोजक विरबहादुर कार्कीले बताउनु भएको छ ।
यस्तै पाल्पामा आज अठौं दिन पनि बन्द जारी छ । एक सातादेखिको बन्दका कारण जिल्लामा शिक्षा, स्वास्थ्य र व्यापार व्यवसायमा असर परेको छ भने सर्वसाधारणको दैनिकी अस्त व्यस्त बनेको छ ।
यता दाङमा पनि बन्दको आह्वान गरिएको छ । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने पठनपाठन प्रभावित बनेको छ ।
प्रमुख प्रतिपक्षी दलसहित संविधान संशोधनको विरोधमा रहेका राजनितिक दल तथा समुहको आह्वानमा विभिन्न जिल्लामा बन्द तथा जारी रहेको छ ।