व्यवस्थापिका संसद बैठक आज बस्दै

व्यवस्थापिका संसद बैठक आज बस्दै

आजपनि बैठक अवरोध गर्ने एमालेको तयारी

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २२ मंसिर ।

प्रतिपक्षी दल एमाले लगायतका दलको अवरोधका कारण पटक पटक अवरुद्ध हुदै आएको व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक नयााबानेश्वस्थित संसद भवनमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म सदन चल्न नदिने रणनिति बनाएको एमालेले आजको बैठक पनि अवरोध गर्ने तयारी गरेको छ ।

गत मंसिर १४ गते सरकारले ल्याएको संशोधन विधेयक राष्ट्रहित विपरित रहेको भन्दै एमालेले यसअघिका बैठकहरु पनि अवरोध गर्दै आएको थियो । माग सम्बोधन नभएसम्म संसद बैठक चल्न नदिने एमाले प्रमुख सचेतक भानुभक्त ढाकालले बताउनु भयो ।

यसअघि संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा अवरुद्ध सदन खुलाउने विषयमा छलफल हुने जनाएको छ ।

संशोधन प्रस्ताव दर्ता भएसँगै संसदका कामकारबाही प्रभावित भएको भन्दै सभामुख ओनसरी घर्तीको पहलमा कार्यव्यवस्था समितिको बैठक बस्न लागेको हो ।

लगातार सदन अवरुद्ध हुँदा निलम्वित अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महअभियोग प्रस्ताव अलपत्र परेपछि निकासका लागि सभामुख घर्तीले बैठक आह्वान गर्नुभएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ