संगीतकर्मी कल्याणकारी कोषलाई श्रुति संगीत बिद्यालयको तर्फबाट ११ हजार १ सय ५१ सहयोग

संगीतकर्मी कल्याणकारी कोषलाई श्रुति संगीत बिद्यालयको तर्फबाट ११ हजार १ सय ५१ सहयोग

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई श्रुति संगीत बिद्यालयले ११ हजार १ सय ५१ सहयोग गर्ने घोषणा गरेको छ । गायक तथा संगीतकार नरहरि प्रेमी अध्यक्ष रहेको श्रुती संगीत विद्यालयले नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा विद्यालयका प्रवन्ध निर्देशक पुष्पा पौडेलले खुसी ब्यक्त गर्नु भएको छ । यो जोडी नेपाली गीत संगीतको उन्नयनका लागि बर्षौ देखी निरन्तर क्रियाशिल छ ।

सयौ कुशल गायक गायीका तथा संगीतकर्मी उत्पादन गरेको यो बिद्यालयले नेपाली संगीतको श्रीवृद्धिका लागि यस किसीमका विविध गतिविधिहरुलाई संगीत परम्पराका रुपमा निरन्तरता दिदै आएको छ । यसैक्रममा हरेक वर्ष जस्तै यस वर्ष पनि श्रुति संगीत विद्यालयले संगीतका विभिन्न विधाहरुमा अनवरत रुपले योगदान पु¥याउँदै आएका स्रष्टाहरुलाई सम्मान गर्न लागेको छ । मंसीर २५ गते शनिवार नेपाल पर्यटनबोर्डमा गर्न लागिएको कार्यक्रममा यस वर्ष बरिष्ठ लोक गायक कुमार वस्नेतलाई लाइफ टाइम एचिभमेन्ट स्वामी नारायणचार्य श्रुति अभिनन्दन तथा गीतकार राजेन्द्र शलभ, गायिका कुन्ति मोत्तान, गायक रामकृष्ण ढकाल र संगीतकार आलोकश्रीलाई श्रुति संगीत सम्मान गर्न लागेको विद्यालयका प्रवन्ध निर्देशक पुष्पा पौडेलले जानकारी दिनु भएको छ ।

संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार सोहि कार्यक्रममा श्रुती संगीत विद्यालका अध्यक्ष गायक तथा संगीतकार नरहरि प्रेमीले संगीतकर्मी कल्याणकारी कोषलाई रकम हस्तान्तरण गर्नु हुने छ । नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषको सहि सदुपयोग हुने र संगीतकर्मी लाभान्वित हुनेमा आफू बिश्वस्त रहेको उहाँले बताउनु भयो । संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो । गत तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ ।

यस अघि लोकप्रीय गायक हेमन्त शर्माले १० हजार ,म्यूजिक संसार नेपालले १० हजार, र अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुले ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । त्यसैगरी संगीतकार विपिन आचार्य र गायीका माण्डबी त्रिपाठीको जोडीले १० हजार र गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरको जोडीले १० हजार घोषणा गर्नु भएको छ । भने कतारमा कार्यरत हातेमालो संस्थाका आजीवन सदस्य ईश्वर काफ्लेले १० हजार ३३ रुपैया, गीतकार प्रकाश सुवेदीले ५ हजार रुपैयाँ संघको कोषमा हस्तान्तरण गरिसक्नु भएको छ ।

कल्ययाणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई संगीतकार संघको तर्फबाट दश हजार एक रुपैयाँ सहयोग हस्तारण भैसकेको छ । यसभन्दाअघि पनि संघले क्यान्सर पीडित संगीतकार निरज कुमारलाई सहयोग गरिसकेको छ । केहि दिनमै पुराना प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि संघले कोषबाट सक्दो सहयोग गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी