हेलम्बुस्थित मेलम्ची खानेपानीको मुहास्थलमा भेटिएको पहेँलो पदार्थ सुन नभएको पुष्टी

हेलम्बुस्थित मेलम्ची खानेपानीको मुहास्थलमा भेटिएको पहेँलो पदार्थ सुन नभएको पुष्टी

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ २२ मंसिर ।  

मेलम्ची खानपानीको मुहानस्थित सिन्धुपाल्चोकको हेलम्बु–७ मा भेटिएको पहेँलो धातु सुन नभएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा पानी ल्याउनका लागि इन्टेक निर्माण गर्ने क्रममा गत शुक्रबार पाँच मिटर लम्बाइ र चार मिटर चौडाइको ढुङ्गामा सुनजस्तो पहेँलो धातु फोला परेको थियो ।

मुहानस्थलमा भेटिएको उक्त धातु मेलम्ची खानेपानी विकास समिति र स्थानीयवासीले परीक्षणका लागि विभागमा बुझाएकामा अनुसन्धानका क्रममा सुन नभएको पुष्टी भएको हो ।

उक्त धातुलाई विभागको प्रयोगशालामा परीक्षण गर्दा सामान्य मात्रामा तामा भेटिएपनि त्यसमा सुनको मात्रा भने नभेटिएको विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सुनजस्तो पहेँलो धातु भेटिएको मेलम्चीको मुहानस्थल समुद्री सतहबाट एक हजार चार सय ५५ मिटर उचाइमा पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ