एजेन्सी, मंसिर २२।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदान नाउ क्याम्पमा गएराति भएको खेलमा बार्सिलोनाले बोरुसिया मोन चेङग्लाड बाचलाई ४–० ले पराजित गरेको हो ।
समूह सी अन्तर्गतको खेलमा बार्सिलोनाको जितमा आर्ड तुरानले ह्याट्रिक गरे भने लियोनल मेस्सीले एक गोल गरे । खेलको १६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफमा बार्सिलोनाले थप तीन गोल गरेको हो ।
खेलको ५०, ५३ र ६७ औं मिनेटमा गोल गर्दै तुरानले ह्याट्रिक पूरा गरेका हुन । जितपछि बार्सिलोना समूह सीको विजेता बनेको छ ।
यस्तै गएराति नै भएको खेलमा म्यानचेस्टर सिटीले सेल्टिक अंक बाडेको छ । म्यानचेस्टर सिटीले सेल्टिकसँग १–१ को बराबरी खेल्दै अंक बाडेको हो ।
म्यानचेस्टर सिटीका लागि केलिची इहिनाचो तथा सेल्टिकका लागि प्याट्रिक रोबर्टसले गोल गरे । बार्सिलोना १५ अंकसहित समूह विजेता तथा म्यानचेस्टर सिटी ९ अंकसहित समूह उपविजेता बनेको छ ।