एमाले अध्यक्ष ओलीको चीन भ्रमण रद्ध

एमाले अध्यक्ष ओलीको चीन भ्रमण रद्ध

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ २२ मंसिर । 

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भोलीबाट हुने भनिएको चीन भ्रमण अन्तिम समयमा आएर रोकिएको छ ।

मुलुकको पछिल्लो राजनितिक घटनाक्रमका कारण अध्यक्ष ओलीको भ्रमण रद्ध भएको पार्टी प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिनुभयो ।

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकका विरुद्धमा पार्टीको नेतृत्वमा आन्दोलन जारी रहेको समयमा मुलुकबाहिर जान उचित नहुने सुझावका आधारमा उहाँले भ्रमण रद्ध गर्नुभएको एमालेले जनाएको छ ।

अध्यक्ष ओली चीनको हुवेई प्रान्तमा हुने इमर्जिङ मार्केट फोरम नामक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भोली त्यसतर्फ जाने कार्यक्रम रहेको थियो ।

अध्यक्ष ओलीको भ्रमण रद्ध भएपछि महासचिव पोखरेल नेतृत्वको टोली भोली चीन जादै छन् । भ्रमणका क्रममा टोलीले उच्चस्तरीय भेटवार्ता गर्ने तयारी समेत भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ