एमालेलाई हामीले लतारेर गणतन्त्रमा ल्याएका हौःप्रचण्ड

एमालेलाई हामीले लतारेर गणतन्त्रमा ल्याएका हौःप्रचण्ड

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

मंसीर २१ कठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेको नेतृत्वमा बुटवल सहित देशका विभिन्न भागमा भएको प्रदर्शन गणतन्त्र र धर्म निरपेक्षता मास्ने षड्यन्त्रको अशं भएको दावी गर्नु भएको छ ।
पेरिसडाडा स्थित माओवादी मुख्यालयमा आज सम्पन्न पोलिटव्यूरो बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघीयता, गणतन्त्र , समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता विषयमा एमाले सजिलै आएको थिएन भन्दै माओवादीलेलतारेर ल्याएको जिकिर गर्नु भयो ।

” तपाई हामीलाई थाहा छ , उहाहरु ( एमाले ) संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको वकालत गरीरहेका थिए , ६२ साल सम्म रत्नपार्कमा ससद पुनर्वहालीको नारा लगाएर बसिरहेका थिए , तर हाम्रो बलमा उनीहरु राजतन्त्र हटाउन , समावेशीता स्वीकार गर्न बाध्य भए ” प्रचण्डले बताउनु भयो ।

उहाले अहिलेको समग्र परिवर्तनको नेता माओवादी भएको रआफ्नै पहलमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीले पटक पटक भारतमा दुत पठाएको स्मरण गर्दै अहिले देश भित्रै समस्याको समाधान गर्ने कोशिसलाई राष्टघातको रुपमा प्रचार गरेर जस लिन खोजेको भन्दै उनीहरुको खोक्रो राष्ट्रवादको भण्डाफोर गर्न र परिवर्तनको पक्षमा गाउ गाउमा अभियान लिएर जान नेताहरुलाई निर्देशन समेत प्रचण्डले दिनु भयो ।

अहिलेको एमाले नेतृत्वको यो प्रदर्शनले गणतन्त्र र संघीयता नै नचाहिने जस्तो गरी देखाउने प्रयास भएकाले यसको प्रतिवाद गर्नु पर्ने समय आएको प्रचण्डको भनाई रहेको एक पोलिटव्यूरो सदस्यले जानकारी दिनु भयो । बैठकले तीन महिने जनअभियान चलाउने समेत निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ