मंसीर २१ काठमाण्डौं । संघीय समाजवादी फोरमका ९ जना असन्तुष्ट केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । पार्टी नेतृत्वसँग सैद्धान्तिक मतभेद भएको भन्दै नौ जना नेताले पार्टी परित्याग गरेपछि फोरम संकटमा परेको छ । पाँचजना केन्द्रीय सदस्य र चारजना वैकल्पिक केन्द्रीय सदस्यहरुको राजीनामा पत्र पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका हुन् ।
केन्द्रीय सदस्यहरु वीरेन्द्र बहादुर बोगटी, मानबहादुर धामी, बलवीर नेपाली, ओमकृष्ण प्रसाईले पार्टी छाडेका छन् । त्यस्तै, वैकल्पिक केन्द्रीय सदस्यहरु हेमन्त मान्डव्य, राजेन्द्र खनाल, प्रकाश अधिकारी र शंकर रोकामगरले राजीनामा पत्र बुझाएका छन् । यसअघि नै केन्द्रीय नेताहरु रिजवान अन्सारी, वीरबहादुर लामा, विजय सुब्बा लगायतका नेताहरुले पार्टी छाडेका थिए ।
पार्टी परित्याग गरेका टोपबहादुर ओलीले पार्टी नेतृत्वसँग सैद्धान्तिक मतभेद भएपछि आफूहरुले पार्टी छाडेको जानकारी दिए । संविधानसभाबाट जारी संविधान स्वीकार गरेर जाने र संविधान नै अस्वीकार गर्ने द्वन्द्वका कारण आफूहरु पार्टी परित्याग गर्ने बाध्य भएको उनले प्रष्ट्याए ।