प्रदेश नम्बर–५ कुनै हालतमा टुक्रदैन : नेम्वाङ

प्रदेश नम्बर–५ कुनै हालतमा टुक्रदैन : नेम्वाङ

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

सोलुखुम्बु, मंसिर २१ ।

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रदेश नम्बर–५ बाट मधेस अलग गराउने विधेयक आएपनि त्यो कुन्ै हालतमा पारित नहुने बताउनु भएको छ ।
संविधान कार्यान्वयनका लागि चारमहिने जनपरिचालन अभियानको आज सोलुखुम्बुमा उद्घाटन गर्दै कुनैपनि हालतमा ५ नम्बर प्रदेश नटुक्रने बताउनु भयो ।

तराई र पहाड पूरै अलग गराएर नेपालको समृद्धिमा ठेस र्पुयाउने खेल भइरहेको भन्दै उहाले एमालेले त्यसलाई सफल हुन नदिने धारणा राख्नुभयो ।

मधेसी जनताको नभएर सिमित मधेस केन्द्रित दलका नेताको स्वार्थमा अहिले प्रदेश टुक्राउने गरी नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र मिलेर संसोधन प्रस्ताव ल्याएको उहाको भनाई छ ।

संविधान कार्यान्वयनको विकल्प नभएको भन्दै उहाले तराई–मधेस, पहाड र हिमाल सबै मिलाएर नेपाललाई समुन्नत दिशामा अघि बढाउने काम एमालेको नेतृत्वमामात्रै सम्भव भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ