भट्टराइ बिरुद्ध महाअभियोग लगाउन परेको उजुरी खारेज

भट्टराइ बिरुद्ध महाअभियोग लगाउन परेको उजुरी खारेज

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ ,२१ मंसिर ।

न्यायधिस आनन्दमोहन भट्टराइ बिरुद्ध महाअभियोग लगाउन माग गर्दै परेको उजुरी महाअभियोग सिरफारिस समितिले खारेज गरेको छ ।

उजुरी ग्राह्य छ भनेर उल्लेख नगर्नुका साथै प्रमाणित पनि नगरी दर्ता गरेकाले सिरफारिस समितिले सुनुवाइ नै नगरी खारेज गरेको हो ।

संविधानको धारा १०१ बमोजिम महाअभियोग लगाउने आधार नपुगेकाले उजुरी खारेज गरिएको समिति सदस्य रामनारायण विडारीले जानकारी दिनुभयो ।

सभासद रामकुमार राई, हरिचरण साह र रुक्मिणी चौधरीको तर्फबाट अधिवक्ता दिनेश चौधरीले गत भदौ २१ गते भट्टराई विरुद्ध उजुरी दिएका थिए । समिति बैठकमा अन्य बिषयमा छलफल नभएको विडारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी