कक्षा ११ को आंशिक परीक्षाको नतिजा आयो ,३९.६३ प्रतिशत उत्तीर्ण

कक्षा ११ को आंशिक परीक्षाको नतिजा आयो ,३९.६३ प्रतिशत उत्तीर्ण

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

भक्तपुर, मंसिर २१ ।

राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले गत जेठमा भएको कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा सार्वजनिक गर्दै बोर्डले एक लाख सात हजार ९९५ विद्यार्थी सहभागी भएकोमा ४२ हजार ७९९ उत्तीर्ण भएको जनाएके छ ।

परीक्षामा ३९ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।

विगतका वर्षमा कक्षा ११ को नियमित र आंशिकको नतिजा एकै पटक प्रकाशन गरिए पनि यस पटक भने नियमित परीक्षाको नतिजाभन्दा अगाडि नै आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको अर्यालले बताउनु भयो ।

एकै पटक नतिजा सार्वजनिक गर्दा कक्षा १२ पास भएका तर कक्षा ११ मा एक वा दुई विषयको आंशिक परीक्षा दिएका विद्यार्थीले माथिल्लो तह पढ्न एक बर्ष कुर्नुपर्ने भएकाले आंशिकको नतिजा छिटो सार्वजनिक गरेको बोर्डले जनाएको छ ।

कक्षा १२ उत्तीर्ण भइसकेका तर कक्षा ११ को आंशिक परीक्षा दिएका परीक्षार्थीमध्ये उत्तीर्णले अब स्नातक तह अध्ययन गर्न पाउने छन् ।

कक्षा ११ को नियमित परीक्षाको परीक्षाफल भने आगामी पुस १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी