प्रिमियर लिगमा मिडिल्सब्रो विजयी

प्रिमियर लिगमा मिडिल्सब्रो विजयी

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, मंसिर २१ ।
इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा मिडिल्सब्रो विजयी भएको छ । आफ्नै मैदानमा भएको खेलमा मिडिल्सब्रोले हल सिटीलाई १–० ले पराजित गरेको हो ।

खेलमा मिडिल्सब्रोलाई विजयी गराउन ग्यास्टन रामिरेजले ६० औं मिनेटमा हेड मार्फत गरेको गोल निर्णायक बन्यो । यो जितपछि मिडिल्सब्रो अंक तालिकाको १३ औं स्थानमा उक्लिएको छ । १४ खेलबाट उसको १५ अंक भएको छ ।

पराजित टोली हल सिटी भने पुछारबाट दोस्रो स्थानमा रहेको छ । प्रिमियर लिगमा १४ खेलबाट ३४ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।

समान खेलबाट ३१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ भने ३०÷ ३० अंक जोडेको लिभरपुल र म्यान्चेस्टर सिटी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी