काठमाडौ २१ मंसिर ।
महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष अलाउद्दिन अन्सारीले पार्टी परित्याग गर्नुभएको छ ।
अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै तमसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
कार्यकर्ताको भावनाअनुरुप पार्टी चल्न नसकेको, संगठन विस्तारमा पार्टी नलागेको तथा पार्टी सञ्चालनको विधिमा समेत आफूलाई चित्त नबुझेको भन्दै पार्टी छाडेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
परासी घर भएका अन्सारी तराई मधेस सद्भावना पार्टी प्रवेश गर्नुअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक सभासद् हुनुहुन्थ्यो ।
अन्य कुनै राजनीतिक पार्टीमा जाने वा नजाने विषयमा भने विज्ञप्तिमा खुलाइएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline