अर्घाखाँची,२१ मंसिर ।
सरकारले प्रदेश नं ५ टुक्राउने गरि ल्याएको संविधान संशोधन विधेयकको विरोध गर्दै प्रदर्शनमा उत्रिएका अर्घाखाँचीका राजनीतिक दलले आज देखि शुक्रबार सम्मका लागि बन्द फिर्ता लिएका छन् ।
आजदेखि बन्द खुले पनि आफ्नो आन्दोलन भने जारी रहेको आन्दोलनकर्ताले बताएका छन् ।
बन्द खुलेसँगै अर्घाखाँचीको जनजीवन सामान्य बन्दै छ । आज लामो दूरीमा चल्ने सवारी साधनमा अनिवार्य ‘पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन’ लेखेका ब्यानर लेखेर चलाउने, चोकचोकमा होडिङबोड र ब्यानर राख्ने २३ र २४ गते जिल्ला सरकारी कार्यालयमा मानव साङ्लो बनाउने आन्दोलनका कार्यक्रम तय गरिएको संघर्ष समितिले जनाएको छ ।
उता कपिलवस्तुको सदरमुकाम तौलिहवामा भने आज सवारी सञ्चालनमा आए पनि अन्य क्षेत्रमा भने सवारी साधन ठप्प रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline