प्रधानमन्त्री दाहाल र युरोपेली युनियनका राजदूत रिन्चे बिच भेटवार्ता

प्रधानमन्त्री दाहाल र युरोपेली युनियनका राजदूत रिन्चे बिच भेटवार्ता

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, मंसिर २१।
प्रधानमन्त्री पुष्पकमल दाहाल र युरोपेली युनियनका राजदूत रिन्चे टिरिन्क बिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा प्रधानमन्त्री दाहाल र टिरिन्क बिच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि युरोपेली युनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पुनर्निर्माण एवं विकासका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

जवाफमा राजदूत टीरिन्काले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको भन्दै यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिनसक्ने बताउनुभयो ।

नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा युरोपेली युनियन विश्वस्त रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ