चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ,२१ मंसिर ।
चितवनको भद्रपुर उपमहानगरपालिका–३ रेडक्रस चोकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

ना ३ ख ८६३१ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ७०१२ नम्बरको ट्रक आपसमा ठेक्किएर दुर्घटना हुँदा माइक्रोबस चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति करिब पौने एक बजे भएको दुर्घटनामा परी मृत्यु हुनेमा माइक्रोबसका चालक पाल्पा हुगीका २५ वर्षीय प्रदीप परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा माइक्रोबस र ट्रकमा रहेका अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ