काठमाडौ २१ मंसिर ।
परराष्ट्रमन्त्री प्रकाशशरण महत आज राति इन्डोनेसिया भ्रमणमा जाँदै हुनुहुन्छ ।
इन्डोनेसियाको वालीमा हुने वाली डेमोक्रेसिभ फोरमको नवौं सम्मेलनमा सहभागी हुन महत आज त्यसतर्फ जान लाग्नु भएको हो ।
विश्वका ५२ मुलुकका विदेशमन्त्री सहभागी हुने उक्त सम्मेलन आगामी डिसेम्बर ९ र १० तारीखमा हुनेछ ।
सम्मेलनमा प्रजातन्त्र, समावेशीता र अन्य समसामायिक विकासक्रम लगायतका विषयमा छलफल हुने परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline