माओवादी केन्द्रको पोलिटब्युरो बैठक आजपनि बस्दै

माओवादी केन्द्रको पोलिटब्युरो बैठक आजपनि बस्दै

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ २१ मंसिर । 

नेकपा माओवादी केन्द्रको पालिटब्युरो बैठक आजपनि बस्दैछ । बैठक राजधानीको पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यलयमा बिहान ११ का लागि बोलाइएको छ ।

एक साता यता जारी बैठकमा समसमायिक राजनितिक परिस्थिित, पार्टीको संगठन निर्माणका साथै चुनावी रणनितिका विषयमा छलफल भइरहेको छ । सदस्यहरुले धारणा राख्ने क्रम नसकिएपछि बैठक आज पनि बस्न लागिएको हो ।

पोलिटब्युरो बैठकले आगामी तीन महिनासम्मका लागि पार्टीगत कार्य विभाजन र चुनावी रणनिति तय गर्ने पार्टी प्रवक्त पम्फा भूसालले जानकारी दिनुभयो ।

यसअघि हिजोको बैठकमान स्थानीय तहसम्म संगठन विस्तारका लागि पोलिटब्युरो सदस्यको कार्य विभाजन र स्थानीय निकाय निर्वाचनमा पार्टीको रणनिति लगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि उत्पन्न राजनितिक परिस्थितिका विषयमा पनि समिक्षा हुने नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ