काठमाडौं १८ । आजभोली लगातार माओवादी केन्द्र र बैद्य माओवादीबीच कुपण्डोल कार्यालयको भवन र त्यहाँको सामानको विषयमा विवाद र हानाथाप भईरुहेको छ ।
दुवै पार्टीले आफ्नो स्वामित्व हुनु पर्ने जिकिर गरीरहेका बेला बिप्लव माओवादीका केन्द्रीय सदस्य मोहन कार्की जीवन्तले कुपण्डोलमा रहेको बैकुण्ठ चेतनाराण स्मृति भवन शहीदको नाममा र रगतको मुल्यमा बनेकाले त्यो साझा भएकाले त्यसमा तेरो मेरो गर्नुको तुक नरहेको प्रतिकृया दिनु भएको छ ।
मिर्मिरेसगँ कुरा गर्दै नेता जीवन्तले त्यो सबैको साझा घर भएकाले कुनै विवाद गर्नुको औचित्य नरहेको दावी गर्नु भयो ।
त्यो भवन हाम्रो पनि हो , प्रचण्ड र बैद्यको मात्रै कसरी हुन्छ ? जीवन्तको भनाई छ ।
कुपण्डोल कार्यलयको विवाद यस्तो छ
कुपण्डोल कार्यलय सदस्यको रुपमा लामो समय काम गरेका विप्लव माओवादीका कार्यकर्ता रामशरण न्यौपाने माओवादी केन्द्रसँग यसको कुनै सम्बन्ध नभएको बताउछन् । तत्कालिन एमाओवादी पार्टीमा दुई लाईन संघर्ष सुरु भएपछि त्यतिबेलाको क्रान्तिकारी धारा वैद्य समूहले जोडेको ब्लांकेट (लगभग २५०० भन्दा बढि), म्म्याट, त्रिपाल लगायत साउण्ड सिस्टमका सामाग्री एमाओवादी फुट संघारमा पुगेपछि पूर्व कार्यालय सदस्य रामशरण न्यापानेले खण्डा गार्मेटबाट कुपण्डोल कार्यालयमा ल्याएका थिए ।
त्यसै दिन सामानहरु क्रान्तिकारी समुहको कार्यालयमा लगेको थाहा पाएपछि राती रामशरण न्योपाने बस्दै आएको कोठा एमाओवादी टेड युनियनका नेता बाबुराम गौतम लगायतले तोडफोड गरेर सामान जलाएका थिए । त्यसरी ल्याएर जोगाएको सामानको विषयमा अहिले कुपण्डोलमा वैद्य माओवादी र माओवादी केन्द्रले दावी गर्नुको कुनै औचित्य छैन । यो सामानको हकदार विप्लव माओवादी मात्र रहन्छ । न्यौपाने दावी गर्दछन् ।
कुपण्डोलको आंगनमा रहेको सहिद कलाकारहरुको नाममा भएको भवन क्रान्तिकारी पार्टीको नाममा एउटा गुठीको जग्गामा बनेको हल सिस्टमको भवन छ त्याहॉ । कुमण्डोलको बहुमुल्य जग्गामा बनेको यो भवन निर्माणका लागि अहिले माओवादी केन्द्रमा रहेका नेता हितमान शाक्य सहितका नेताले पहल गरेको उनीहरुले बताएका छन् ।
अहिले माओवादी केन्द्रबाट बादल सहितको समुह पार्टीमा आएकाले र बैद्य माअोवादीले प्रयोग गर्दै आएकाले दावी गरेको बुझिएको छ । उता बैद्य माओवादीले भने यो भवन आफूहरुकै हुनु पर्ने दावी गर्दै आएको छ । त्यस भवनमा अहिले दिनेश शर्मा , पवनमान श्रेष्ठ सहितका नेताहरुले प्रयोग गर्दै आएका छन् ।
पार्टी विभाजन भएसगै काठमाण्डौंको पेरिसडाडा , कुपण्डोल , चितवनको कार्यलय जस्ता सम्पत्तिको विवाद छ माओवादी केन्द्र र बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी बीच ।सम्पत्ति विवादमा बिप्लप माओवादीले भने कुनै दावी गरेको छैन ।