काठमाडौ ,२० मंसिर ।
श्रीलंकामा आगामी साता हुने एसीसी अण्डर नाइन्टिन एसिया कप क्रिकेटका लागि सन्दिप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ ।
आईसीसी एसियाका वेन्कटपथि राजु, नेपाली क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटा र अन्डर १९ टोलीका प्रशिक्षक विनोद दासले प्रतियोगिता सुरु हुनु ९ दिन अघि नेपाली टोलीको घोषणा गरेको हो ।
अष्ट्रेलियास्थित एक क्लबमा करिब चार महिना लामो खेल पछि स्वदेश फर्किएका लामिछानेलाई पहिलो पटक टोली क्याप्टेन बनाईएको हो ।
टोलीमा आरिफ शेख, रविन्द्रजंग शाही, आदिल खान, भिम सार्की, अनिलकुमार शाह, दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ रहेका छन् ।
यस्तै सुर्वाणकर उराउ, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, अभिनाश कर्ण र रोहित कुमार पौडेल पनि टोलीमा परेका छन् ।
प्रतियोगीता आगामी मंसिर २९ गते देखि पुस ९ गते सम्म श्रीलंकामा हुनेछ ।