काठमाडौं ,मंसिर २० ।
मुगुको खमाले गाविस–९ चाकपाडे गाउँमा आगलागी हुदा डेढ बर्षीया नाबालिकाको जलेर मृत्यु भएको छ ।
आज दिउँसो भएको आगलागीमा परि डेढ बर्षीया दिलमाया बुढाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक शारदा प्रसाद चौधरीले बताउनु भयो ।
आगलागीबाट स्थानीय शिबराज बुढा, सौमति बुढा, रंगलाल बुढा र बिरी बुढाको ४ घर जलेर नष्ट भएका छन् ।
करिव ४३ घरधुरी रहेको चाकपाडे गाउँका अधिकांश काम गर्न खेतबारीमा गएको समयमा आगालागी भएको चौधरीले जानकारी दिनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline