नवलपरासिका सांसदको माग :पहाडी , तराई र भित्री मधेश फुटाउन पाईदैन

नवलपरासिका सांसदको माग :पहाडी , तराई र भित्री मधेश फुटाउन पाईदैन

  • सोमवार, मंसिर २०, २०७३
  • रबिन्द्र यादव

  • 6.1K
    SHARES

नवलपरासी, २० मंसिर ।

नवलपरासी सरकारले दर्ता गराएको संबिधान संसोधनमा उल्लेखित सिमांकन प्रति नवलपरासीका सांसदहरुले फरक धारणा ब्यक्त गरेका छन् ।

सांसदद्धय बिक्रम खनाल र देवकरण प्रसाद कलवारलेहाल प्रदेश नं ४र ५ मा राखीएको नवलपरासीलाई जिल्लालाई बिद्यामान अवस्था परिस्थिती र जिल्लाबासीको माग लाई ध्यान मा राखी सिमांकनको ब्यवस्थापन गर्न माग गरेका हुन् ।

नेपाली काग्रेसका नेताद्धय खनाल र कलवारले आफ्ना पार्टी सभापति शेर वहादुुर देउवा समक्ष आज आफ्ना धारणा लिखित रुपमा ब्यक्त गरेका छन् । हाल संसद सचिवालयमा सरकारको तर्फबाट संबिधान संसोधन दर्ता भएको अवस्थामा नवलपरासी जिल्लाको सन्र्दभमा आफ्ना नयां धारणा ब्यक्त गरेका हुन् ।

जस अनुसार पहाडी , तराई र भित्री मधेश गरी सुन्दरभुमी भएको नवलरासीमा प्रकृतिक स्रोत सम्पदा हिसाबमा दुई अलग अलग प्रदेशमा राख्ने नहुने लिखित सुझाब नेता खनाल र कलवारले पार्टी सभापति देउवा समक्ष पठाएका छन् ।

यसैगरी कुनै पनि हिसाब दुई प्रदेशमा राख्ने परे दाउन्ने चुचुरोलाई आधार मानी सिमांकलन गर्न आग््रह गरीएको छ यसो भए आफुहरु जनताको साथ लिएर आन्दोलनमा उत्रिन बाध्य हुने नेता खनाल र कलावारद्धारा पार्टी सभापति देउवालाई पठाईएको पत्रमा जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ