अल्पसंख्यक र पिछडा वगलाई राट्रिय मुलधारमा ल्याउन जरुरी

अल्पसंख्यक र पिछडा वगलाई राट्रिय मुलधारमा ल्याउन जरुरी

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,२० मंसिर ।

स्थानीय विकास मन्त्री हितराज पाण्डेले राष्ट्रिय मूलधारमा आउन नसकेको समुदायको हितमा काम गर्न सरकारले राष्ट्रिय समावेशी आयोग गठन गर्ने तयारी गरेको बताउनु भएको छ ।

आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राजधानीमा गरिएको छलफलमा बोल्दै मन्त्री पाण्डेले आयोगले आपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, सिमान्तीकृत एवं विपन्न वर्गका बारेमा काम गर्ने बताउनु भयो ।
अल्पसंख्यक र पिछडा वर्गको हितका लागि काम गर्न सरकारले विशेष योजना बनाउने भन्दै उहाले राष्ट्रिय मूलधार बाहिर रहेका व्यक्ति र समुदायको संरक्षण, सम्वद्र्धन सशक्तीकरण जरुरी रहेकोमा जोड दिनुभयो ।

सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठ, राजनीतिक विश्लेषक प्रध्यापक कृष्ण खनाललगायतले राष्ट्रिय समावेशी आयोगले आर्थिक विपन्न वर्गका समुदायको लागि काम गर्नु पर्ने धारणा राख्नु भयो ।

छलफल कार्यक्रममा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला, किसान, अल्पसंख्यक समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ